Sunday , 16 December 2018
News update
Home >> Features >> भुवन र जिया केसीको सम्बन्ध के ?

भुवन र जिया केसीको सम्बन्ध के ?

jiya-kc-with-bhuwan-familyसदाबहार अभिनेता भुवन केसीको नाम धेरैपटक नायिका जिया केसीसँग जोडिएको हो तर भुवन र जिया दुवैले आफुहरु साथीहरु मात्र भएको भन्दै टार्दै आएका छन । जिया धेरैपटक भुवनको घरमा भेटिनु, सार्वजनिक कार्यक्रममा निकट देखिनुले भुवन र जिया न्यानो सम्बन्धमा रहेको अनुमान धेरैको थियो । तर पछिल्लो समय यी दुईको निकटता केहि घटेकोजस्तो देखिएको थियो ।
पछिल्लो बर्षहरुमा भुवन फिल्म निर्देशनमा ब्यस्त भएपछि यस्ता स्क्यान्डल सुनिएका थिएनन् । तर हालै मात्र जिया र भुवनको सामिप्यता फेरी देखिएको छ । जिया केसी भुवनको परिवारसँग देखिएकी छिन । खासमा दशैको टिक उनीहरुले साथमा लगाएका रहेछन ।
बुझिएअनुसार भुवनका मातापिताबाट र भुवन बाट जियाले दशैको टिका थापेकि छिन । एक अनलानइनले भुवन पुत्र स्टार हिरो अनमोल केसी सहितको उनीहरुको फ्यामिली तस्वीर सार्वजनिक गरेको छ । यसबाट जिया भुवनसँगको न्यानो सम्बन्धमा छिन वा पारिवारिक रुपमा पनि सम्बन्ध बनिसकेको बुझ्न सकिन्छ । तर यसबारेमा भुवन र जिया दुवै मौन नै छन । आखिर यी दुईबीचको सम्बन्ध के ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*