Saturday , 20 October 2018
News update
Home >> Features >> रेखाले ‘कसले चोर्यो मेरो मन फेरी’ बनाउने

रेखाले ‘कसले चोर्यो मेरो मन फेरी’ बनाउने

Nepali Actress Rekha Thapa 2सफल नायिका निर्मात्री रेखा थापाले ‘कसले चोर्यो मेरो मन फेरी’ बनाउने भएकी छिन । नयाँ फिल्मको रुपमा उनले ‘कसले चोर्यो मेरो मन फेरी’ नाम जराएकी हुन । फिल्मलाई रेखाले आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताइन ।
७ बर्ष अघि ‘कसले चोर्यो मेरो मन’ नाममा सफल फिल्म दिएकी रेखाले सोहि नाममा फेरी थपेर फिल्म घोषणा गरेकी हुन । फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गर्नेछन । ‘कसले चोर्यो मेरो मन’ पनि सबिरकै निर्देशन रहेको थियो । माघ बाट फ्लोरमा जाने फिल्ममा रेखा मुख्य भुमिकामा रहने नै छिन तर उनको अपोजिटमा भने को रहने निश्चित छैन ।
स्कृप्टमा फिट भएमा नवनायक वा चल्तीकै हिरो पनि फिल्ममा हुन सक्ने उनले बताइन । यसको खोजीमा पनि उनी अहिले छिन । फिल्मको अन्य टीम पनि छनौट हुने क्रममा छ । अर्को बर्षको दशैमा रिलिज लक्ष्य लिइएको फिल्म रेखा फिल्मस्को ब्यानरमा बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*