Tuesday , 18 December 2018
News update
Home >> Features >> निर्मात्री दुर्गिश थापाको जन्मदिन पारेर ‘सायद २’को रिलिज मिति तय

निर्मात्री दुर्गिश थापाको जन्मदिन पारेर ‘सायद २’को रिलिज मिति तय

चलचित्र ‘सायद २’ को निर्मात्री दुर्गिश थापाको जन्मदिन अबसर पारेर चलचित्रको रिलिज मिति तय गरिएको छ ।निर्मात्री दुर्गिश थापाको जन्मदिन पारेर चलचित्र यहि चैत ४ गतेलाई प्रदर्शन गरिने पक्का भएको छ ।
sayad 2
एसएलसी परिक्षाभन्दा दुई साता अघि नै डेट निर्धारण गरिएको निर्माता सुनिल रावलले बताए । ‘एसएलसीलाई मध्यनजर राख्दै डेट तोकेका छौं’ रावलले भने, ‘टीनएज लक्षित फिल्म भएकाले पनि उक्त मिति हाम्रा लागि सान्दर्भिक हुनेछ ।’

प्रतिक्षित फिल्मको रुपमा हेरिएको यस चलचित्रमा सुशिल श्रेष्ठ, अमित ढुङगाना , निशा कार्की, कुशल पाण्डे, सुनिल रावल लगायतको फिल्ममा अभिनय रहेको छ । फिल्मलाई बलिउडका ठुला फिल्ममा सहायकको रुपमा काम गरीसकेका पुष्पराज न्यौपानेले निर्देशन गरेका छन ।

दुर्गिश फिल्मसले सिनेमाको अन्तराष्ट्रिय रिलिज मिति र राइट विक्रीबारे पनि उल्लेख गरेको छ । नमस्ते इन्टरटेनमेन्टलाई अष्ट्रेलिया राइट १६ लाखमा विक्री गरिएको रावलले बताए । जापानमा सुवास लामिछानेलाई ८ लाख, न्यूजिल्यान्डमा विक्की प्रधानलाई १ लाख, क्यानडामा सुजन कुवँरलाई २ लाखमा विक्री गरिएको उल्लेख छ ।

उमेश रावलले अमेरिकाको लागि १६ लाखमा राइट खरिद गरेका छन् । पोर्चुगलमा शान्ता रुम्बाले २ लाख, हङकङमा प्रवेश गुरुङले ४ लाखमा राइट खरिद गरेको रावलले बताए । हङकङमा जनवरी २ मा फिल्म प्रिमियर हुँदैछ । ‘थप देशमा विक्री हुँदैछ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*