Monday , 17 December 2018
News update
Home >> Features >> ‘डायरी’को लिरिकल सङ्ग सार्वजनिक (भिडियो )

‘डायरी’को लिरिकल सङ्ग सार्वजनिक (भिडियो )

नायिका छुल्ठिम गुरुङ निर्मात्री रहेको फिल्म ‘डायरी’को लिरिकल सङ्ग सार्वजनिक भएको छ । ‘पानी पर्यो’ का अल्मोडा राना उप्रेतीको एरेञ्जिङ रहेको ‘माया माया’ बोलको गीतमा मानस राजको शब्द, स्वर तथा संगीत छ ।
dayari-song-namatefilmyप्रेमकै कथा बोकेको फिल्मलाई अनिल योञ्जनले निर्देशन गरेका हुन । अनिल फिल्मको निर्माता पनि हुन । एयर क्रिऊ र छुल्ठिम इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्म चैत्र ११ रिलिज हुदैछ ।

रेखा थापा भिलेन अवतारमा प्रस्तुत भएको टिजरले राम्रो प्रतिक्रिया पाएको छ । निर्देशक योञ्जनसँग छेतेन गुरुङले स्क्रिप्ट राईटिङमा सहकार्य गरेका छन् । ‘डायरी’ मा रेखा र छुल्ठिमसँगै नव नायक सन्नी सिंहको मुख्य भूमिका छ ।
चाँडै नै पुरा भिडियो रिलिज हुने ‘डायरी’ को यो गीतको लिरिकल भिडियो सङ्ग हेर्नुस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*