Tuesday , 18 December 2018
News update
Home >> Features >> रेखा थापा र आर्यन सिग्देलको ‘रुद्र प्रिया’ को छायांकन सुरु

रेखा थापा र आर्यन सिग्देलको ‘रुद्र प्रिया’ को छायांकन सुरु

नायिका रेखा थापा र नायक आर्यन सिग्देलको मुख्य भूमिका रहने चलचित्र ‘रुद्र प्रिया’ को छायांकन सुरु भएको छ ।बिहीवार बन्दीपुरको खड्गदेवी माई मन्दिरमा फिल्मको शुभसाइत गरेर चलचित्रको छायांकन सुरु गरिएको हो ।लामो समय बाट बोलचाल न भएको आर्यन र रेखा यसै फिल्म बाट पुन एक साथ देखिदै छन् ।
Rudrapriyaबन्दिपुर, पोखरा, जिरी लगायतका स्थानहरुमा चलचित्रको छायांकन चालिस दिन सम्म चल्ने छ ।‘रुद्र प्रिया’ लाई निर्देशक सुदीप भूपाल सिंह गर्न लागेका हुन् । चलचित्रमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी र सुरेश अधिकारीको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

आमा सरस्वती थापा निर्माता रहनेचलचित्र ‘रुद्र प्रिया’ मा रमेश पौडेलको पनि लगानी रहने छ । कार्तिक २ गते लक्ष्मी पुजाको दिन रिलिज हुने यस चलचित्र लाई सञ्जय लामाले छायांकन गरि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*