Sunday , 26 May 2019
News update
Home >> Features >> सुमि चाम्लिङ राईको गीतको कभर भिडियो बनाउनेलाई ५० हजार (भिडियो )

सुमि चाम्लिङ राईको गीतको कभर भिडियो बनाउनेलाई ५० हजार (भिडियो )

सुमि चाम्लिङ राईको स्वर रहेको ‘चस्मा वाला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विकास सुवेदीको निर्देशनमा बनेको यस भिडियोको गीतमा डि.पी खनालका शब्द र शंकर थापाको संगीत छ ।namaste filmyभिडियोमा ‘नेपाली ठिटोज टिम’ ले अभिनय गरेको छ । ‘नेपाली ठिटोज टिम’ का क्याप्टेन सुनिल क्षेत्री भारतीय रियालिटी शो डान्स इन्डिया डान्सका प्रतियोगी हुन् । यसअघि सुनिलको नेतृत्वमा रहेको यो टिमले ले ‘छुकछुके रेल’ लगायतका गीतमा अभिनय गरेको थियो । यो गीतमा नेपाली ठिटोजलाई सन्ध्या भट्टराईले साथ दिएकी छिन् ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आयोजित म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रममा यस गीतको कभर भिडियो प्रतियोगिताको बारेमा पनि जानकारी गराईयो । कभर भिडियोबाट एक टिमले ५० हजार नगदसहित नयाँ म्यूजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्नेछन् ।

जेष्ठ १५ गतेदेखि साउन १५ गतेभित्र ‘चस्मा वाला’ को गीतमा भिडियो बनाएर पठाउनु पर्ने बताईएको छ । chamlingenter@gmail.com तथा bikashatv2013@gmail.com मा कभर भिडियो पठाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*