Tuesday , 18 June 2019
News update
Home >> Features >> मुग्लिनको पहिरोमा फस्यो ‘बाबु कान्छा’ सुटिङ युनिट

मुग्लिनको पहिरोमा फस्यो ‘बाबु कान्छा’ सुटिङ युनिट

19433818_1371821899572903_1677820670_nनारायणगढ मुग्लिन सडकखण्डमा गएको भीषण पहिरोले चलचित्र ‘बाबु कान्छा’को सुटिङ युनिट जाममा परेका छन । काठमण्डौमा ६ दिन सुटिङ गरेर चितवन सुटिङका लागि चितवनतर्फ जादै गर्दा इच्छाकामना गाउपालिकाकाको वडा नं. २ को दुइकिलो र चारकिलोमा खसेको भीषण पहिरोले फिल्मको जम्बो टोलीलाई रोकेको हो ।
बिहिबार अपरान्ह ३ बजे काठमण्डौबाट हिडेका युनिट अहिले पहिरो खसेको भन्दा डेढ किलोमिटरको क्षेत्रमा रोकिएको जाममै रहेका फिल्मको निर्देशक शोभित बस्नेतले जानकारी दिए । जाममा निर्देशक बस्नेतसँगै कलाकारहरु सरोज खनाल, राजाराम पौडेल, सलोन बस्नेत, करिष्मा श्रेष्ठ, लय सँगा्रैला लगायत ४० जनाको क्रिउ मेम्बरहरु छन । उनीहरु बस, कार तथा माइक्रोमा चितवनका लागि हिडेका थिए ।
उता फिल्मको टीम नै जाममा परेपछि चितवनको सुटिङ रोकिएको छ । शुक्रबार बिहान ६ बजे कैलाशनगरको मेडिकल कलेज क्षेत्रमा फिल्मको सुटिङ गरिने सेड्युल रहेको फिल्मका कार्यकारी निर्माता रवि अधिकारीले जानकारी दिए । तर सुटिङ टिम नै जाममा रोकिएपछि सुटिङ स्थागित भएको छ । अब जाम खुलेपछि युनिट पुग्ने र सुटिङ सुचारु गरिने उनले बताए ।
सो सडकखण्डमा शुक्रबार बिहान पहिलो खस्दा एक प्रहरी भ्यान पुरिएको र एक ट्रक पहिरोसँगै बगेका थिए । अहिले सडक खुलाउने प्रयास भइरहेको छ । पहिलो भीषण रहेको र अझै ढिस्को खस्ने क्रम रहेकाले बाटो खुल्न समय लाग्ने चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*