Tuesday , 16 October 2018
News update
Home >> Features >> ‘कुटुमा कुटु सुपारी दाना’ पछि “२ रुपैयाँ ”को नया गीत रिलिज (भिडियो)

‘कुटुमा कुटु सुपारी दाना’ पछि “२ रुपैयाँ ”को नया गीत रिलिज (भिडियो)

‘कुटुमा कुटु सुपारी दाना’ बोलको चर्चित गीतले नेपाली गीत संगीतमा यति बेला आफ्नो भिन्दै स्थान बनाउन सफल भएको छ । चलचित्र “२ रुपैयाँ समाबेश यस गीतलाई अहिले सबैले मन पराएका छन्।यसै चलचित्रको अर्को नया गीत सार्वजनिक गरिएको छ।
2 rupia‘टलटल टल्क्यो जवानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।क्लबमा छायांकन गरिएको यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र निश्चल बस्नेतलाई फिचरिङ गरिएको छ । साथमा ‘मिस तामाङ -२०१२’ सुमी मोक्तानलाई पनि हट अवतारमा भिडियोमा देख्न सकिन्छ ।

गीतमा आशिफ शाह, निश्चल बस्नेत र मिना निरौलाको स्वर छ । रोशन थापाको संगीत, एकतारे र सुरज शाही ठकुरीको शब्द गीतमा छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो भिडियोमा हरि हुमागाँइको छायांकन, लोकेश बज्रचार्यको सम्पादन छ । यो चलचित्र भदौ २३ गतेबाट नेपालभर रिलिज हुँदैछ ।

भदौ २३गते बाट प्रदर्शनमा आउने चलचित्र “२ रुपैयाँ ”निश्चल सगै आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ ।ए जि टु वान प्रोडक्शन प्रा.ली.र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यस चलचित्रका निर्माता निश्चल र आशिफ हुन।चलचित्र “२ रुपैयाँ ”लाई असिम शाहले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*