Tuesday , 16 October 2018
News update
Home >> Features >> आर्यन र प्रियंकाको ‘बटरफ्लाई’को मन छुने गीत रिलिज (भिडियो )

आर्यन र प्रियंकाको ‘बटरफ्लाई’को मन छुने गीत रिलिज (भिडियो )

आर्यन अधिकारी र प्रियंका कार्कीको अभिनय रहेको चलचित्र ‘बटरफ्लाई’गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका विच चलचित्रको गीत सार्वजनिक गरिएको हो । ‘म गाउँदिन अब गीत’ बोलको सार्वजनिक गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र शब्द रहेको छ।

गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतलाई कालिञ्चोक, मुडे लगायतका रमणीय स्थलमा छायांकन गरिएको छ ।

चलचित्रलाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् । ‘बटरफ्लाई’मा प्रियंका र आर्यनका अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । पौष २८ मा रिलिज हुने यस चलचित्रमा पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता हुन् भने कार्यकारी निर्माता रमेश प्रजापति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*