Tuesday , 18 December 2018
News update
Home >> Features >> ‘शेरबहादुर’को आइटम गीतमा मेनुका प्रधान(भिडियो)

‘शेरबहादुर’को आइटम गीतमा मेनुका प्रधान(भिडियो)

चलचित्र ‘शेरबहादुर’को आइटम गीत रिलिज भएको छ ।मंगलवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ‘कान्छी मट्याङ्ग ट्याङ्ग’ बोलको गीत सार्वजनिक गरिएको हो । ‘कान्छी मट्याङ्ग ट्याङ्ग’ बोलको गीतमा मेनुका प्रधानले आइटम डान्स गरेकी हुन्, गीतमा उनि सगै कर्मालाई पनि देख्न सकिन्छ ।
यस गीतमा संगीतकार कोशिश क्षेत्रीकै शब्द, संगीत र स्वर रहेको छ भने मेल भोकल मिना निरौलाको रहेको छ ।गीतमा कोरियोग्राफी बसन्त श्रेष्ठको रहेको छ ।

माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् ।चलचित्रका निर्माता गौरशंकर धुजुले ‘शेरबहादुर’ प्रधानमन्त्री शेरबहादुर देउवाको जीवनमा आधारित फिल्म नभएको बताए ।चलचित्रमा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । सुनिल थापाले शेरबहादुरको भूमिका निर्वाहा गरेका छन् ।

धिराज प्रोडक्सनको व्यानरमा यस चलचित्रमा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ । प्रमोद क्षेत्रीको कथा रहेको ‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र हो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*