Tuesday , 11 December 2018
News update
Home >> Features >> ऋचा सिंहको ‘सुपर गोर्खे’को पोस्टर साइत हेरेर सार्वजनिक

ऋचा सिंहको ‘सुपर गोर्खे’को पोस्टर साइत हेरेर सार्वजनिक

ऋचा सिंह ठकुरी अभिनीत फिल्म ‘सुपर गोर्खे’को पोस्टर सार्वजनिक गरिएको छ । मंसिर २९ देखि प्रदर्शनमा आउने फिल्म ‘सुपर गोर्खे’ को पोस्टर साइत हेराएर बिहिबार सवा ११ बजे सार्वजनिक गरिएको हो । पोस्टरमा गुड, व्याड र अग्ली म्यानहरुलाई प्रस्तुत गरिएको छ । नायिका ऋचा सिंह ठकुरी भने पोस्टरमा छैनन् ।

तारा प्रकाश लिम्बुको संगीत रहेको फिल्ममा सौरभ लामाको छायांकन रहेको छ । फिल्ममा ऋचासँगै सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

नायिका ठकुरीले निर्माण गरेको ‘सुपर गोर्खे’ लाई राज थापाले निर्देशन गरेका हुन् । अविर हाउस प्रोडक्सनमा बनेको फिल्मले दैवी शक्ति बिना समाजका शक्तिशाली व्यक्तिहरुको कथा बताउँछ । फिल्मको कथालाई मध्यनजर गर्दै समाजका केही शक्तिशाली व्यक्तिलाई सम्मान गर्ने योजना समेत निर्माण पक्षले बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*