Tuesday , 11 December 2018
News update
Home >> Features >> ‘फिर्के’ युनिट चलचित्रको प्रचार प्रसारको लागि चितवनमा (भिडियो )

‘फिर्के’ युनिट चलचित्रको प्रचार प्रसारको लागि चितवनमा (भिडियो )

नेपाली कथानक चलचित्र फिर्के यहि पौष २१ गतेदेखी देशभर प्रर्दशनमा आउदैछ । शुक्रबार भरतपुरमा चलचित्र युनिटले पत्रकार सम्मेलन गरि सो जानकारी गराईएको हो ।

गाउदेखी शहर पसेको एक सिधा युवाको कथामा आधारित रहेर चलचित्र फिर्के बनेको चलचित्रका निर्देशक रवि डंगोलले बताउनुभयो । हास्यकलाकारहरुको टिम बनाएर चलचित्र निर्माण गरेको र एक बर्षको अथक मेहेनत पछि चलचित्र आएकोले राम्रो बनेको भन्दै चलचित्र हेर्नका लागि दर्शकलाई आग्रह गर्नुभएको । उहाले दुर्घटनामा परी कलाकार विना थापाको निधन प्रति दुःख व्यक्त गरेको थियो ।

कलाकार प्रति राष्टले यस्ता बिषयबस्तुलाई गम्भिरताका साथ लिनुपर्ने बताउनुभयो । ईकुका नामले चिनुभएका कलाकार तथा फिर्के चलचित्रका प्रस्तुत कर्ता समेत रहनुभएका सुलेमान शंकरले ईकु र ईकु ब्याक अगेनभन्दा फरक तरिकाले फिर्के बनेको बताउनुभयो । साथै ईकु भन्दा फिर्के बन्न आफ्नो १० किलो वजन बढाएको बताउदै हसौली पाराले हेन्डसम बन्न वजन बढाएको उल्लेख गर्नुभयो । ईकु धेरैले हराएको भन्ने गरेता पनि हराएको नभई फिर्केको रुपमा प्रस्तुत भएर आएको सुलेमान शंकरले बताउनुभयो । कार्यक्रममा कलाकार भिष्म जोशी र ईकु सुलेमान शंकरले चलचित्रको संबाद प्रस्तुत गर्नुका चलचित्रको गित गाएर रमाईलो गर्नुभएको थियो ।

पुर्बका बिभिन्न स्थानमा प्रमोशनल टुर गर्दे चितवन संगै पश्चिम नेपालमा जाने चलचित्र युनिटले जानकारी गराएको छ । यसअघि ईकु र ईकु ब्याक अगेन चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले फिर्केमा ईकु भन्दा फरक भूमिकामा अभिनय गर्नुभएको छ । चलचित्र फिर्केमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा ,भिष्म जोशी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा रवि डंगोलको निर्देशन रहेको छ ।

चलचित्रका निर्मातामा ओमलाल गुरुङ् र राजेश श्रेष्ठ रहनुभएको छ भने चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस चलचित्रमा दुई गीत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*