Saturday , 20 October 2018
News update
Home >> Features >> दयाहाङ राईले श्वेता खड्काको लागि जिउ दाउमा राखे पछि (भिडियो)

दयाहाङ राईले श्वेता खड्काको लागि जिउ दाउमा राखे पछि (भिडियो)

चलचित्र ‘कान्छी’को नया गीत सार्वजनिक गरिएको छ । श्वेता खड्काको निर्माण तथा अभिनय रहेको ‘कान्छी’को यस अघि सार्वजनिक गीत ‘चरी चट्ट परी’ बोलको गीतलाई निकै रुचाइएको छ ।

प्रतिक्षीत चलचित्रको रुपमा हेरिएको ‘कान्छी’को ‘यो दिल दाऊमा लाउने’ बोलको गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर रहेको छ ।

बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा श्वेता सहित अभिनेता दयाहाङ राई, नायिका अनु शाह र कलाकारहरु कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठको नृत्य छ । गीतको भिडियोलाई लोकेशन, कोरियोग्राफी र खिचाइले उत्कृष्ट बनाएको छ ।

फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कान्छी’लाई ‘कोहिनूर’ फेम निर्देशक आकाश अधिकारीले निर्देशन रहेको चलचित्र ‘कान्छी’ फागुन ४ गतेबाट प्रदर्शनमा आउदै छ ।

मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको चलचित्रमा दया र श्वेता,अनु शाह सगै प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको मुख्य भूमिका रहेको छ ।चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘कोहिनूर’पछि श्वेताले ‘कान्छी’मार्फत चलचित्र निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*