Wednesday , 17 October 2018
News update
Home >> bollywood >> सलमान खान अभिनित ‘रेस ३’मा अनिल कपूर कैदी

सलमान खान अभिनित ‘रेस ३’मा अनिल कपूर कैदी

बलिउड सुपरस्टार सलमान खानको चलचित्र ‘टाइगर जिंदा है’यति बेला बिश्वभरि तहल्का पिटी रहेको छ । भारतमा मात्रै चलचित्र ‘टाइगर जिंदा है’ले करिब ३०० करोड कमाई सकेको छ ।

सलमान खानको ईद मा रिलिज हुने नया चलचित्र ‘रेस ३’ को पनि शूटिङ सकिएको छ ।सलमान सगै चलचित्रमा ज्याकलिन फर्नान्डिज, अनिल कपूर, बबी देओल, साकिब सलीम र डेजी शाहको ‘रेस ३’ मा मुख्य भूमिका रहने छ ।

‘रेस ३’लाई रेमो डिसूजाले निर्देशन गरिरहेका छन्। ‘रेस ३’मा अनिल कपूर कैदीको भूमिकामा देखा पर्दै छन् ।चलचित्रको शूटिङ सकिए लगतै केहि फोटोहरु बाहिरिएको छ जसमा अनिल कपूर कैदीको ड्रेसमा देखन सकिन्छ ।सलमान र अनिलले यसअघि ‘बीवी नम्बर १’, ‘नो इन्ट्री’, ‘युवराज’ र ‘सलाम-ए-इश्क : ए ट्रिब्यूट टू लभ’ जस्ता फिल्ममा एकसाथ काम गरेका थिए ।

सलमान खानको ‘रेस ३’ सगै ईदमा ऐश्वर्या राय बच्चन र अनिल कपूरको अभिनय रहेको चलचित्र ‘फन्ने खां’पनि रिलिज हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*