Wednesday , 17 October 2018
News update
Home >> Features >> अपराधको कथा आधारित चलचित्र ‘न्याप्किन’को ट्रेलर सार्वजनिक (भिडियो)

अपराधको कथा आधारित चलचित्र ‘न्याप्किन’को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘न्याप्किन’को ट्रेलर सार्वजनिक भएको छ ।भूकम्प पीडितका लागि विभिन्न ठाउँमा च्यारिटी गरिएको यो फिल्मको प्रदर्शन मिति भने निर्माण टीमले घोषणा गरेको छैन ।

अपराधको कथा आधारित यस चलचित्रलाई विनायक लामिछाने निर्देशन गरेका हुन् । सानो बजेटमा पुरानो सिनामंगलका युवाहरुले मिलेर ‘न्याप्किन’ निर्माण गरेका हुन् । आमयुवाले भोगेको चिन्तासँग कसरि अपराध जोडिन्छ भन्ने विषयमा फिल्म निर्माण भएको निर्देशक लामिछानेले जानकारी दिए ।

चलचित्रमा प्रदीप गिरी, विनायक लामिछाने, अनिता बस्नेत, अर्जुन भट्टराई, राकेश केसी लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । अर्जुन भट्टराई र राकेश केसीको कन्सेप्टमा तयार भएको चलचित्रका छायाँकर सुवास ईडो हुन् । चलचित्रमा मा भुपेन्द्र बनको द्वन्द्व निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*