Tuesday , 20 November 2018
News update
Home >> Features >> ‘कृ’को ‘मैले जानी नजानी’ गीतको भिडियो सार्वजनिक 

‘कृ’को ‘मैले जानी नजानी’ गीतको भिडियो सार्वजनिक 

चलचित्र ‘कृ’को‘मैले जानी नजानी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । काठमाण्डौमा सोमबार आयोगित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो ।

नायक अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई फिचरिङ गरिएको गीत सार्वजनिक गरिएको हो । यो गीतमा अनमोल र अदिती रोमान्टिक देखिएका छन् ।

स्कटल्याण्डमा खिचिएको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । माघ २६ गतेबाट रिलिज हुन लागेको चलचित्रको यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा विक्रम लामा र एन्जिलिना खत्रीको कोरियोग्राफी छ । नायक केसीले यो गीतको भिडियोबाट आफू निकै सन्तुष्ट भएको बताए ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता ब्यानर द सुपर काजोल फिल्मस् हो । सुवास गिरी र भूवन केसीले यो चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*