Wednesday , 21 November 2018
News update
Home >> Article >> अनमोलको ‘कृ’ : एक्सनले जोगाउला साख ??

अनमोलको ‘कृ’ : एक्सनले जोगाउला साख ??

नारायण ढुगाना, चितवन, २७ माघ : करोडौं लगानीमा बनेको भनेर आक्रामक प्रचार गरिएको चलचित्र ‘कृ’ को शुरुआत सुखत हुन सकेन ।
फ्राईडे रिलिज भएको उक्त चलचित्रको मध्यान्हको प्रदर्शन हेर्ने दर्शक चितवनमा सामान्य देखियो । यसअघिका चलचित्र ऐश्वर्य, प्रेम गित २ र म यस्तो गीत गाउँछु कै हाराहारीमा दर्शक आए ।

सम्वाद र पटकथा जम्न नसक्दा कमजोर देखिन्छ । यद्यपि शनिवार दर्शकको भिड बढ्ने अनुमान छ । अभिनेता अनमोल केसीको शिर्ष भूमिका रहेको चलचित्रको प्रस्तुतिमा फकरशैली अपनाउने प्रयास भएपनि वियोगान्त प्रेम कहानीले युगल जोडीलाई खिन्नपार्छ ।

एक्सन मन पराउने दर्शका लागि भने बदलाको कथा समेटिएको उक्त चलचित्र उत्कृष्ट हुन सक्छ । चन्द्र पन्तद्धारा निर्देशित एक्सनले ‘कृ’को साख जोगाउला ? प्रश्न खडा भएको छ ।

बेलायती लाउरेको कथा जोडिएको उक्त फिल्ममा कुनै बेलायतको फुटेज नदेखिनु दुखद छ । रोमान्टिक भूमिकामा खेल्दै आएका अनमोल ‘कृ’मा भने एक्सन अवतार लिएर प्रस्तुत भएका छन् । द्धन्द्धलाई फिल्मका दर्शकले उत्कृष्ट भनेर प्रतिक्रिया दिएका छन् ।

तर डेब्यू नायिका अदितिको ठाउँमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दिएको भए अझै उत्कृष्ट हुने प्रतिक्रिया दर्शकको छ । कोतुहल जगाउनसक्ने कयौ सिनमा निर्देशक चुकेका छन् ।
‘कृ’कै लागि शरीर बनाउन निक्कै मेहनत गरेकाले अनमोल केही बर्ष मिडियामा नआएको चर्चा थियो । तर फिल्ममा उनको ईन्ट्री प्रतिक्षित नहुँदा शुरु मै दर्शकलाई असहज लाग्छ ।  ‘कृ’मा राखिएका ‘यती यती पानी’ लगायत गीतले फिल्मलाई उत्कृष्ट बनाउन मद्धत गरेको छ ।

नायक अनमोल र नव नायिका अदिति बुढाथोकी मुख्य भूमिकामा छन । सुवास ईन्टरटेनमेन्टको निर्माण र द काजोल फिल्मको प्रस्तुति रहेको ‘कृ’लाई भुवन केसी र सुवास गिरीले निर्माण गरेका हुन् ।

यसमा सरोज खनाल र रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, लक्ष्मी गिरी, अमित गिरी लगायत कलाकार छन् । दुई रुपमा प्रस्तुत भएका नायक केसी मै फिल्म घुमेको छ ।

सुरेन्द्र पौडेलको कथा तथा निर्देशमा चलचित्र बनेको हो । पुरुषोत्तम प्रधानले छायांकन गरेको उक्त चलचित्रमा प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा रेनशा वान्तवाको नृत्य निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*