Saturday , 20 October 2018
News update
Home >> Features >> संचारकर्मी तथा गीतकार शान्तिप्रियको निर्देशनमा ‘माया लाउने’को भिडियो सार्वजनिक

संचारकर्मी तथा गीतकार शान्तिप्रियको निर्देशनमा ‘माया लाउने’को भिडियो सार्वजनिक

गीतकार एवं पत्रकार शान्तिप्रियले प्रणय दिवश अर्थात भ्यालेन्टाइन्स डे को अवसर पारेर नया गीतको म्यूजीक भिडियो सार्वजनिक गरेका छन् ।’माया लाउने यहि ज्यान हो’बोलको गीत गायक गणेश श्रेष्ठको जन्मदीन समेत परेकोले प्रणयदिवस कै दिन सार्वजनिक गरिएको हो ।

गीतमा अहिलेका चर्चीत संगीतकार दिपक शर्माको संगीत ,नरेन्द्र योगीको एरेञ्जमेन्ट यस गीतमा रहेको छ भने गणेश सगै सहिम श्रेष्ठको स्वर रहेको छ ।भिडियोलाई गीतकार शान्तिप्रियले आफै निर्देशन गरेका छन् ।

गजित विष्ट र अनामीका चौलागाई फिचरीङ गरिएको यस गीतमा कोरीयोग्राफी समेत गजित विष्टले गरेका छन् । गीतको छायांकार एवं सम्पादक विरेन्द्र भाट ‘विपिन रेहका छन् । मायामै केन्द्रित यस गीतलाई प्रणय दिवस र गायक श्रेष्ठको जन्मदिनको संयोगलाई प्रयोग गरी बजारमा ल्याइएको हो । छायांछवि क्रियशनले गीतलाई बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*