Saturday , 22 September 2018
News update
Home >> Features >> फ्राइडे रिलिज :बहुप्रतिक्षित चलचित्र ‘कान्छी’ प्रदर्शनमा

फ्राइडे रिलिज :बहुप्रतिक्षित चलचित्र ‘कान्छी’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘कान्छी’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।आज बाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘कान्छी’बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘कान्छी’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘कान्छी’प्रदर्शनमा आएको छ।‘कान्छी’ लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । याम थापाको लेखन रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, हिमाल केसीको द्धन्द्ध निर्देशन,बनिश शाह र भूपेन्द्र अधिकारीले सम्पादन, संगीतकार सिवाकोटी र अर्जुन पोखरेलको संगीत रहेको छ ।

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछि उनले पहिलो पटक निर्माण गरेको ‘कान्छी’लाई अहिले बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।चलचित्रमा समाबेश यस अघि सार्वजनिक गीतहरु ‘चरी चट्ट परी भुरुरु’ र ‘यो जीउ दाउमा लाउने मैंले तिमीलाई मात्र हो’बोलको गीतले बजारमा राम्रै चर्चा पाएको छ ।

चलचित्रमा श्वेता खड्का र दयाहाङ राई अनु शाह, कामेश्वर चौरासिया, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ।काया फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रमा श्वेता खड्का र शैलेस खड्काको लगानी रहेको छ ।चलचित्रको सह–निर्माता रविन खड्का रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*