Saturday , 22 September 2018
News update
Home >> Features >> ‘कान्छी’ युनिट मोफसलमा ,चितवनमा श्वेतासग सेल्फी लिनेको तछाड मछाड (भिडियो सहित )

‘कान्छी’ युनिट मोफसलमा ,चितवनमा श्वेतासग सेल्फी लिनेको तछाड मछाड (भिडियो सहित )

अभिनेत्री श्वेता खड्काले निर्माण गर्नु भएको चलचित्र ‘कान्छी’ दोश्रो सातामा प्रदर्शन भैरहेको छ ।चलचित्रले दोश्रो हप्तामा पनि राम्रो व्यापार गरे पछि चलचित्र युनिट यति बेला खुसी साट्न र दर्शक सगै बसेर चलचित्र हेर्न मोफसल यात्रामा रहेको छ ।

शुक्रबार हेटौडाको दर्शक माझ बसेर चलचित्र हेरेको युनिटले शनिबार भने चितवनका मुख्य मुख्य हलमा पुगेर दर्शक सग खुसि साटेको छ ।कान्छी अर्थात् श्वेता खड्का ,कलाकारहरु विनोद न्यौपाने , दीलिप पन्त र निर्देशक आकाश अधिकारीले चितवनको इन्द्रदेव सिनेमा ,क्यूएफएक्स जलमा र गणेश चलचित्र मन्दिरमा दर्शा सगै बसेर चलचित्र हेर्नुको साथै खुसि साटेका थिए ।

अभिनेत्री श्वेता खड्कालाई सिनेमा हलमा भेट्दा दर्शकले सेल्फी लिन तछाड र मछाड नै गरेका थिए ।चलचित्र हेरेर निस्किएका दर्शकले चलचित्र निकै मन छुने रहेको भन्दै चलचित्रको प्रशंसा गरेका थिए।आफुले हेरेको चलचित्रको नायिका आफु सामु पाउदा पालो कुरी कुरी सेली लिएका थिए ।
निर्देशक आकाश अधिकारीले चलचित्र हेर्न आएका र हेरेर निस्केका दर्शकलाई धन्यवाद दिनु भएको थियो ।यसरि आफुले बनाएको चलचित्र दर्शकले मन पराएर आफुलाई अझै काम गर्ने हौसला मिलेको बताउनु भयो ।कलाकार दीलिप पन्तलाई दर्शकले दामी दामी रोल निकै मन परेको बतौदा उनको खुसीको सिमाना नै थिएन ।

चलचित्र ‘कान्छी’ दोश्रो सातामा पनि चितवनका सम्पूर्ण हलहरुमा शानदारक साथ प्रदर्शन भै रहेको छ ।हेटौंडा हुदै चितवन आएका चलचित्र युनिट शनिबार नै बुटवल तिर लागेका छन् ।

चलचित्रमा श्वेता खड्का र दयाहाङ राई अनु शाह, कामेश्वर चौरासिया, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ।काया फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रमा श्वेता खड्का र शैलेस खड्काको लगानी रहेको छ ।चलचित्रको सह–निर्माता रविन खड्का रहेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको यस चलचित्रमा याम थापाको स्क्रिप्ट रहेको छ ।‘कान्छी’ मा प्रज्जवल सुजल गिरी, नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मालगायत कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र शम्भूजित बाँस्कोटाको संगीत रहेको फिल्मका सबै गीतमा वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*