Saturday , 22 September 2018
News update
Home >> bollywood >> ‘दंबग ब्वाई’ सलमानको नेपाल भ्रमण स्थगित, किन ?? (पुरा पढ्नुहोस्)

‘दंबग ब्वाई’ सलमानको नेपाल भ्रमण स्थगित, किन ?? (पुरा पढ्नुहोस्)

काठमाण्डौ, बलिउडका ‘दंबग ब्वाई’ सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेन्मेन्टले फागुन २६ गते हुन लागेको ुद ब्याङ्ग टुरु कार्यक्रम तत्काललाई स्थगित गरेको हो ।

आयोजक ओडिसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले तत्कालका लागि सुरक्षाका कारण सलमान नेपाल आउन नसक्ने जानकारी दिएका छन् । उनका अनुसार, अबको चारदेखि पाँच हप्ताको बीचमा फेरि कार्यक्रम आयोजना गरिनेछ ।

कार्यक्रम हुने निश्चित भएको भन्दै केही हप्ता अगाडि सलमानका भार्इ तथा आयोजक समेत रहेका सोहेल खानले काठमाडौंमा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए ।

कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो ।

सलमानले आफू नेपाल आउन लागेको जानकारी आफ्नो आधिकारिक फेसबुक र ट्विटरबाट समेत दिएका थिए । सलमानले ुद ब्याङ्ग टुरु नेपालका लागि भनेर अग्रिम ५ करोड रुपैयाँ बुझिसकेका छन् भने, आयोजक संस्थाले करीब ५ हजारभन्दा बढी टिकट विक्री गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*