Saturday , 22 September 2018
News update
Home >> Features >> साम्राज्ञी, आकाश र नाजिर अभिनित ‘तिमीसँग’ को अफिसियल ट्रेलर सार्वजनिक(भिडियो)

साम्राज्ञी, आकाश र नाजिर अभिनित ‘तिमीसँग’ को अफिसियल ट्रेलर सार्वजनिक(भिडियो)

चैत्र २३ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिमीसँग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी निर्माण संस्थाले फिल्मको प्रचार सामाग्री रिलिज गरेको हो ।

नमन प्रोड्क्सनका लागि शिशिर राणाको निर्माण, निर्देशन तथा लेखनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेनको मुख्य भुमिका रहेको छ ।

काठमाण्डौं, पोखरा, घोरेपानि, काडापानी, घान्द्रुक, देउराली, पुनहिल, अन्नपुर्ण बेसक्याम्प, नवलपारसी लगायतका क्षेत्रमा छायाँकन गरिएको चलचित्रलाई शुशिल क्षेत्रीले खिचेका हुन् ।

त्रिकोणत्मक प्रेमकथात्मक सांगीतिक चलचित्रको कथा शिशिर राणा स्वयमको हो भने सम्बाद सुमन उप्रेतीले लेखेका हुन् । शिशिर राणा, सुमन उप्रेती, साकार ओझा र शुशिल क्षेत्रीले मिलेर ‘तिमीसँग’ को स्कृनप्लेय तयार पारको हुन् ।यस अघि सार्वजनिक भएको चलचित्रको २ वटा गीतले राम्रै चर्चा पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*