Saturday , 22 September 2018
News update
Home >> Features >> प्रताप दासको स्वरमा चलचित्र ‘अनुराग’को लिरिकल भिडियो सार्वजनिक

प्रताप दासको स्वरमा चलचित्र ‘अनुराग’को लिरिकल भिडियो सार्वजनिक

जेष्ठ ११ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अनुराग’को “तिम्रो स्वरमा स्वर मिलाई …’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ ।नेपाल आइडलका प्रताप दास ले गाएको गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने शब्द सत्य राज चौलागाईं छ ।उक्त लिरिकल भिडियो लाई टेकेन्द्र शाहले सम्पदान गरेका छन् ।

निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘अनुराग’‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ ।साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो।चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको ‘अनुराग’ फिल्ममा भरत गौतम र गीता भेटवाल को लगानी रहेका छ ।

चलचित्रमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*