अनमोलको ‘कृ’ का निर्माता सुवास गिरी हिरासत मुक्त ,शम्भु प्रधानलाई ११ लाख दिएर मिलापत्र Posted by: namastefilmy March 28, 2018 अनमोल केसीको अभिनय रहेको चलचित्र ‘कृ’ पछिल्लो समय बिशेष गरेर ‘उकालीमा अघिअघि’ बोलको गीतले गर्दा अलि बढीचर्चामा रहेको छ । गीत चोरीको आरोपमा उनलाई मंगलवार साँझ अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको ‘कृ’ का निर्माता सुवास गिरी हिरासत मुक्त भएका छन् । शम्भु प्रधानको निर्माण तथा निर्देशक रहेको ‘सम्झना’ मा समावेश उक्त गीत विना अनुमती फिल्म ‘कृ’ मा राखिएको भन्दै केही हप्ता अगाडि काठमाडौं प्रहरी परिसर, टेकुमा प्रधानले निर्माता भुवन केसीविरुद्ध जाहेरी दर्ता गराएका थिए । तर, चलचित्र विकास बोर्डमा ‘कृ’ निर्मातामा सुवास गिरीको नाम रहेका कारण प्रहरीले उनलाई मंगलवार साँझ अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।चलचित्र ‘सम्झना’ २०४० सालमा प्रदर्शनमा आएको थियो। बुधवार दिउँसो शम्भु प्रधान र ‘कृ’ का निर्माता सुवास गिरी बिच ११ लाख क्षतीपूर्ती स्वरुप निर्माता गिरीले प्रधानलाई मिलापत्र भएको छ । मिलापत्रमा ‘कृ’ युट्युबमा आउँदा ‘उकालीमा अघिअघि’ वाक्य काट्नु पर्नेछ । विदेश प्रदर्शनमा भने गीत यथावत नै रहनेछ । 2018-03-28 namastefilmy Share ! tweet