श्वेता खड्का निर्मित ‘कान्छी’को बिशेष शो मा पुर्व प्रधानमन्त्री प्रचण्ड Posted by: namastefilmy April 2, 2018 केहि समय अघि सार्वजनिक प्रदर्शन भैसकेको अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ को आइतबार बेलुका भी.आई.पी शो सम्पन्न भएको छ । राजधानीको को कुमारी हलमा आयोजित शो हेर्न पुर्व प्रधानमन्त्री एवंम् माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड,सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित, नयाँ शक्ती पार्टी नेपालकी नेतृ हिसिला यमी , प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतले चलचित्र हेर्नु भएको हो । कार्यक्रममा प्रचार सामाग्री डिजाइनर सुन्दर श्रेष्ठलाई पनि सम्मानित गरियो । सुन्दरलाई प्रसंसापत्र दिंदै प्रमुख अतिथि प्रचण्डले कलाको क्षेत्रबाट राष्ट्रको गौरब अभिबृद्धि गरेकोमा सुन्दरलाई बधाई ज्ञापन गरे ।फिल्म हेर्न व्यापार क्षेत्रका प्रतिनिधिहरु, सामाजिक सेवाका प्रतिनिधिहरु पनि उपस्थित थिए । कार्यक्रममा पुर्व प्रधानमन्त्री प्रचण्ड उनले आफ्नो र अभिनेत्री श्वेताको दुख एउटै रहेको बताए । उनले भने ‘मैले धेरै साथिहरुसंग कान्छीको चर्चा गरें, तर कान्छीको कथा नबताउनुस है भने, श्वेता जी र हाम्रो परिवार एउटै पिडाबाट हामी गुज्रेको छौं । त्यहि पिडाको अनुभूतिको समानताले पनि , जिम्मेवारी पनि बोध गरें, भावानात्मक अनुभूतिको तिब्रताका कारणले पनि म आज यो कार्यक्रममा उपस्थित छु । यो सफल प्रदर्शन भैईसकेको हुनाले कान्छीलाई, निर्देशक सबैलाई बधाई दिन चाहान्छु’ । श्वेता जी ले आफ्नो पिडालाई जुन शक्तिमा बदल्ने आँट गर्नुभाछ, म बधाई पनि भन्न , मैले पनि आफ्नो परिवारको बिछोडको पिडालाई नजिकलाई गुमाउँदा खेरिको पिडालाई राष्ट्र निर्माणमा लगाउने संकल्प गरेको छु, म आफुजस्तै साथि श्वेतालाई ठानेको छु’ उनले थपे । प्रचण्डले यस अघि चलचित्र पंचायतको भी.आई.पी प्रिमियरमा समेत उपस्थिति भएर चलचित्र हेरेका थिए । त्यस्तै फिल्मका निर्देशक आकाश अधिकारीले आफुले पाएका अवार्डहरुमा उत्कृष्ट चाहिं प्रचण्डको हातबाट प्राप्त गरेको नै बताए । साथै चलचित्र निर्माता संघका अध्यक्ष एवं उद्द्योग वाणिज्य माहंसघका केन्द्रिय सदस्य समेत रहेका उनले कायक्रममा उपस्थित सरकार प्रतिनिधि समक्ष फिल्म क्षेत्रका दुई समस्या पोखेका छन् । चलचित्रमा श्वेता खड्का र दयाहाङ राई अनु शाह, कामेश्वर चौरासिया, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ।काया फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रमा श्वेता खड्का र शैलेस खड्काको लगानी रहेको छ ।चलचित्रको सह–निर्माता रविन खड्का रहेका छन् । 2018-04-02 namastefilmy Share ! tweet