Monday , 17 June 2019
News update
Home >> Features >> फ्राइडे रिलिज: साम्राज्ञी आकाश र नाजिरको ‘तिमीसँग’

फ्राइडे रिलिज: साम्राज्ञी आकाश र नाजिरको ‘तिमीसँग’

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र ‘तिमीसँग’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘तिमीसँग’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘तिमीसँग’


फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सम्पूर्ण सिनेमा घर बाट चलचित्र ‘तिमीसँग’प्रदर्शनमा आएको छ ।नमन प्रोड्क्सनका लागि शिशिर राणाको निर्माण, निर्देशन तथा लेखनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन,सुनिल वि.क, शिशिर राणा, अनुपम श्रेष्ठको मुख्य भुमिका रहेको छ ।

काठमाण्डौं, पोखरा, घोरेपानि, काडापानी, घान्द्रुक, देउराली, पुनहिल, अन्नपुर्ण बेसक्याम्प, नवलपारसी लगायतका क्षेत्रमा छायाँकन गरिएको चलचित्रलाई शुशिल क्षेत्रीले खिचेका हुन् ।

त्रिकोणत्मक प्रेमकथात्मक सांगीतिक चलचित्रको कथा शिशिर राणा स्वयमको हो भने सम्बाद सुमन उप्रेतीले लेखेका हुन् । शिशिर राणा, सुमन उप्रेती, साकार ओझा र शुशिल क्षेत्रीले मिलेर ‘तिमीसँग’ को स्कृनप्लेय तयार पारको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*