Monday , 24 September 2018
News update
Home >> Features >> आज नारायणी नदी किनारमा ‘प्रोजेक्ट वन लाईभ इन चितवन’ कन्सर्ट हुदै

आज नारायणी नदी किनारमा ‘प्रोजेक्ट वन लाईभ इन चितवन’ कन्सर्ट हुदै

चितवनको नारायणी नदी किनारमा आज शनिबार भव्य कन्सर्ट हुदैछ । ‘प्रोजेक्ट वन लाईभ इन चितवन’ नामक कन्सर्टलाई पोजेटिभ भाईबस र मण्डला इभेण्टसको संयुक्त आयोजनामा गर्न लागेको हो ।

‘फेरी उठ्ने छ नेपाल’ सन्देशका साथ आयोजना हुन लागेको कन्सर्टमा नेपालका चल्तीका फरक फरक रक व्याण्डहरुबाट रक गायकहरु, फरक–फरक व्याण्डहरुका म्युजिसियनलाई एक साथ एउटा व्याण्ड खडा गरी ‘प्रोजेक्ट वन’ बनाएर कन्सर्ट गर्न लागिएको हो ।

कन्सर्टमा मुक्ती एण्ड रिभाईभलबाट मुक्ति शाक्य, रोविन एण्ड न्यू रिभ्यालुसनबाट रोविन तामाङ, शोप्नी शर्मा, द स्याडोज नेपाल तथा निरन शाही र अनुप्रस्थको सांगीतिक प्रस्तुत रहनेछ । यस्तै नेपथ्यका पूर्व मूख्य गिटारिस्ट हरि महर्जन, एक्सका पूर्व मूख्य गिटारिस्ट शरद श्रेष्ठ, रोशन कसंकर, नेवा तथा निखिल तुलाधर, नेपथ्यका पूर्व ड्रमरहरुको म्युजिक रहने आयोजकले जनाएको छ ।

करिव ३० लाख लागत खर्चमा गर्न लागिएको कन्सर्टको कार्यक्रमको स्टेज तथा साउण्ड सिस्टम अन्तराष्ट्रिय स्तरको रहने छ । टिकट मूल्य रु.५०० रहेको छ भने ५ हजार दर्शकले कन्सर्टको आउने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*