Monday , 24 September 2018
News update
Home >> bollywood >> बलिउड अभिनेता सलमान खान जेल बाट धरौटीमा रिहा

बलिउड अभिनेता सलमान खान जेल बाट धरौटीमा रिहा

जेलमा रहेका बलिउड अभिनेता सलमान खानलाई जमानत मिलेको छ। उनी विगत तीनदिनदेखि जोधपुरको सेन्ट्रल जेलमा कैद थिए।

न्यायाधीश रवीन्द्रकुमार जोशीले शनिबार दिउसो तीन बजे फैसला सुनाउँदै सलमानलाई ५० हजार भारतीय रुपौयाँ धरौटीमा रिहा गर्न आदेश सुनाएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कालो हरिणको २० वर्षपहिले सिकार गरेको अभियोगमा बिहीबार ५ वर्षका लागि जेल चलान गरिएका सलमानको अपीलमा शनिबार सुनुवाइ गर्दै जोधपुरको एक अदालतले उनलाई रिहाइ गर्ने फैसला गरेको हो।

अब सलमान तारेखका लागि मे ७ मा अदालतमा उपस्थित हुनुपर्ने र अदालतको आदेशबिना देशबाहिर जान नपाउने फैसलामा उल्लेख रहेको छ। उनलाई भविष्यमा अदालतले भनेको बेला उपस्थित हुन भनिएको छ। सलमानले जमानत पाएपछि उनका फ्यानहरूमा खुसी छाएको छ।


सलमान दुईवटा काला हरिणको सिकार गरेको अभियोगमा लामो समयदेखि कानुनी झमेलामा रहदै आएका छन्। सलमानलाई जमानत दिने फैसलाप्रति उनीविरुद्ध कानुनी लडाइमा रहेको वैष्णव समाजले भने हाइकोर्टमा अपील गर्ने प्रतिक्रिया दिएका छन्। उनीहरूले सलमानलाई जेल हाल्नुपर्ने माग यथावत राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*