Monday , 24 September 2018
News update
Home >> Features >> ‘छक्का पञ्जा २’पछि चितवनमा धेरै कमाउने फिल्म ‘लिलिबिली’,अनमोलको कृ पछि पर्यो

‘छक्का पञ्जा २’पछि चितवनमा धेरै कमाउने फिल्म ‘लिलिबिली’,अनमोलको कृ पछि पर्यो

पछिल्लो समय नेपाली चलचित्रको लागि चितवनमा राम्रो बजार हुन थालेको छ ।नेपाली चलचित्रको राम्रो बजारको रुपमा रहेको चितवनमा केहि समय यता नेपाली चलचित्रले ठुलै व्यापार गर्न थालेको छ।

दशैँमा रिलिज भएको चलचित्र छक्का पन्जाले चितवनमा मात्रै एक दिनमा १३ लाख माथिको कलेक्सन गरेको थियो ।तेस्तै अनमोल केसीको कृले एक दिन मा नै ९ लाख माथिको कलेक्सन गरेको थियो भने ए मेरो हजुर २ ,दुई रुपियाले पनि ८ लाख माथिको व्यापार गरेको थियो ।

फाईल फोटो
यहि शुक्रबार बाट रिलिज भएको युवा स्टार प्रदीप खडका अभिनित चलचित्र ‘लिलिबिली’ले शनिबार मात्रै १० लाख माथिको व्यापार गरेको छ।नेपालको नै कलेक्सनको हिसाबले एक शोमा नै २ लाख ७ हजार २१० सबै भन्दा ठुलो हल इन्द्रदेव सिनेमामा चलचित्रले करिब ४ लाखको व्यापार गरेको छ ।इन्द्रदेवमा चलचित्र ३ शो प्रदर्शन बाट यति कलेक्सन भएको हो भने चलचित्र नेप्टेले पनि सो हलमा नै एक शोमा २ लाख ७ हजार २१०को कलेक्सन गरेको छ ।

फाईल फोटो
त्यस्तै चितवनको अर्को मल्टिप्लेक्स हल क्युएफएक्स जलमामा पनि चलचित्र ‘लिलिबिली’ले शनिबार करिब ४ लाख ४० हजारको कलेक्सन गरेको छ ।क्युएफएक्स जलमामा ‘लिलिबिली’ले ६ शो पाएकोमा ६ सो नै हाउसफुल भएको थियो ।जलमामा ’शत्रु गते’२ शो पाएकोमा २ शो नै हाउसफुल भएको थिए भने नेप्टेले एक शो पाउदा करिब ७० % अकुपेन्सी रहेको थियो ।

यता चितवनको पुरानो हल गणेश चलचित्र मन्दिरमा पनि शनिबार ‘लिलिबिली’हेर्ने दर्शकको ठुलै भिड लागेको थियो । गणेश हलमा मात्रै चलचित्रले करिब १ लाख ३० हजारको हाराहारी कलेक्सन गरेको छ । चितवनको टाँडी रहेको नारायणी चलचित्र मन्दिरमा पनि चलचित्रले हिजो नया बर्षको दि १ लाखको हाराहारी कलेक्सन गरेको छ ।पर्सामा रहेको जनज्योति हल भने यति बेला पुन निर्माणको लागि बन्द गरिएको छ भने अन्य हल पनि चितवनमा खोल्ने तयारीमा रहेको छ ।


चितवनको सबै हलमा एक साथ फिल्म प्रदर्शन भएर हाउसफुल भएको अबस्थामा एक दिनमा मात्रै सजिलै १५ लाख माथिको कलेक्सन हुने गरेको छ। चितवनमा छक्का पन्जाले करिब २ करोड र छक्का पन्जा २ ले १ करोड ७० लाखको हाराहारीमा कलेक्सन गरेको थियो ।

चलचित्रमा ‘लिलिबिली’ प्रदीप खड्का , जसिता गुरुङ प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*