Monday , 24 September 2018
News update
Home >> Features >> ‘ह्याप्पी डेज’ को दोस्रो ट्रेलर सार्वजनिक (भिडियो)

‘ह्याप्पी डेज’ को दोस्रो ट्रेलर सार्वजनिक (भिडियो)

विभिन्न कारणले पटक पटक रिलिज मिति सारिएको चलचित्र ‘ह्याप्पी डेज’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।यहि बैशाख १४ बाट प्रदर्शनमा आउन लागेको ‘ह्याप्पी डेज’ १२ दिन अघि नया ट्रेलर सार्वजनिक गरिएको हो ।

‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।यस चलचित्रको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो ।

चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।चाम्स निर्देशित चलचित्र लिलिबिली अहिले देशका मुख्य मुख्य सिनेमा प्रदर्शन भै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*