Monday , 24 September 2018
News update
Home >> Features >> चलचित्र ‘रानीमहल’ बाट पुर्वमिस नेपाल निकिता चन्डकले नायिकामा डेब्यु गर्ने

चलचित्र ‘रानीमहल’ बाट पुर्वमिस नेपाल निकिता चन्डकले नायिकामा डेब्यु गर्ने

केहि समय अघि पाँचतारे होटलमा भव्य घोषणा गरिए पनि मुख्य कलाकार प्रशान्त ताम्राकार र वर्षा सिवाकोटीले बिभिन्न कारण देखाउदै सिनेमाबाट हात झिकेपछि निर्माण हुने नहुने अन्योलमा परेको चलचित्र ‘रानीमहल’ निर्माण हुने भएको छ ।

चलचित्र ‘रानीमहल’मा पुर्वमिस नेपाल निकिता चन्डकले अभिनय गर्ने भएकी छिन् ।उनको यो डेब्यु सिनेमा रहनेछ । तेस्तै नायकका रुपमा चितवनका प्रितमराज सेन्चुरी पनि फाईनल भएका छन् । सिनेमामा निकिता र प्रितमराजको जोडी बाधिने भएको छ ।

चलचित्रमा यी कलाकारका अलावा साहिल श्रेष्ठ, मानस्वी खरेल, निर शाह, बिएस राना, विष्णु सापकोटा, केशव भट्टराई, सुष्मिता बमजन, विनोद कुमार सापकोटा, दिपक क्षेत्री, रश्मि भट्ट, सौगात धिताल, उमा बेबी, नगेन्द्र रिजाल, युनिता खत्री लगायत थुप्रै कलाकारको अभिनय रहनेछ ।चलचित्रमा प्रशान्त ताम्राकारको ठाउँमा निर्माण टिमले पुराना नायक अर्जुनजंग शाहीलाई अनुवन्धित गरेको छ ।

त्रिकोणात्मक प्रेमकथामा बन्ने ‘रानीमहल’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । डेढ करोडको बजेटमा निर्माण हुने सिनेमा बुटवल, भैरहवा, चितवन, स्याङ्जा, पोखरा, पाल्पा र काठमाडौँमा छायाँकन हुनेछ ।

स्वास्तिक फिल्मस्को व्यानरमा निर्माण हुने ‘रानीमहल’मा बिमल भुसालको लगानी रहनेछ । चलचित्रमा दीपक पौडेलको पटकथा, हिमाल केसीको द्वन्द, अर्जुन पोखरेल/हर्कुलस बस्नेतको संगीत, रामजी लामिछाने/राहुल शाहको कोरियोग्राफी रहने छ भने चलचित्रलाई निरज कँडेलले छायांकन गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*