Sunday , 23 September 2018
News update
Home >> Features >> मानव सेवा आश्रमको सहयोगार्थ जापानमा ‘साकुरा नाइट ३’हुने

मानव सेवा आश्रमको सहयोगार्थ जापानमा ‘साकुरा नाइट ३’हुने

यस बर्ष पनि जापानमा साकुरा नाइट हुने भएको छ । गत दुई वर्ष यता जापानको मुख्य सहरमा हुदै आएको यस नाइटको तेस्रो शृंखला ‘साकुरा नाइट ३’ मेबाट प्रारम्भ हुने आयोजकले जनाएका छन् ।

जापनिजहरुको मुख्य पर्व गोल्डेन विकलाई लक्षित गर्दै कार्यक्रम हुने आयोजक सुर्य कर्पोरेसनले बताएको छ ।कार्यक्रमलाई अघिल्ला शृंखला भन्दा विशेष बनाउने तयारी भईरहेको कर्पोरेसनका ब्राण्ड एम्बेसडर नरेश भट्टराईले बताए । लोकप्रिय सञ्चारकर्मी भट्टराईले कार्यक्रमलाई रोचक र मनोरन्जनात्मक बनाएको बताए ।

‘अघिल्ला शृंखलाबाट हामीलाई यसपटक अझै परिपक्क बनाएको छ’ सञ्चारकर्मी भट्टराई भन्छन ‘यसपटक जापानमा बस्ने नेपालीहरुको लागि गोल्डेन विक हामी विशेष बनाउने छौ ।’ कार्यक्रम नेपालका चर्चित कलाकारहरु आधुनिक गायक हेमन्त शर्मा, पप गायक कमल खत्री, लोक गायक मिलन लामा, आधुनिक तथा पार्श्व गायिका मिलन अमात्य र कमेडियन सन्दिप क्षत्रीले आफ्नो प्रस्तुति दिनेछन ।

साथै कार्यक्रमको मुनाफाबाट गरिव, दिन दुखि र असाह्यको सहारा बन्दै आईरहेको नेपालको मानव सेवा आश्रमलाई सहयोग गरिने कर्पोरेसनका डाईरेक्टर वासुदेव लामिछानेले जानकारी दिएका छन ।‘हामीले कार्यक्रमलाई मनोरंजनको रुपमा मात्र लिएका छैनौ’ डाइरेक्टर लामिछाने भन्छन ‘हामीले सामाजिक दायित्व पनि निर्वाह गर्ने कोसिस गर्दै छौ ।’अघिल्लो वर्षको साकुरा नाइट २ मार्फत आश्रमलाई १ लाख ११ हजार १११ सहयोग गरिएको थियो । कार्यक्रम मे ३ मा टोकियोबाट सुरु हुनेछ । मे ४ मा नागोया र मे ५ मा ओशाकामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*