बलिउड अभिनेत्री करिष्मा कपुरद्धारा मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको समुद्घाटन Posted by: namastefilmy May 7, 2018 नेपालको सबैभन्दा पुरानो, लोकप्रिय तथा चिरपरिचित गहना पसल तथा शोरुम मेरिगोल्ड(सयपत्री) ज्वेलर्सले दरबारमार्गमा रहेको नयाँ शोरुम भव्यरुपमा समुद्घाटन गरेको छ । मेरिगोल्डको दरबारमार्गमा रहेको नयाँ शोरुम बलिउडकी चर्चित अभिनेत्री करिष्मा कपुरले एक कार्यक्रमका समुद्घाटन बीच गर्नुभएको हो । नेपाली गहनाहरुको प्रबद्र्धन र भारतीय बजारमा बिस्तार गर्न अभिनेत्री कपुरको आगमनले सहयोग पुग्ने मेरिगोल्ड ज्वेलर्सको विश्वास छ ।मेरिगोल्ड ज्वेलर्स हाल नेपालमा नै विश्वासिलो, भरपर्दो र चिरपरिचित गहना पसल तथा शोरुमको रुपमा ग्राहकहरुमाझ लोकप्रिय रहेको छ । कम्पनीले नेपाली परम्परागत गहनाहरु, विदेशी डिजाइनका गहनाहरु, नेपाली र विदेशी समिश्रण भएका फ्यूजन डिजाइनका गहनाहरु निर्माण तथा बिक्री गरिरहेको छ । नयाँ शोरुम उद्घाटनको अवसर पारेर मेरिगोल्ड ज्वेलर्सका संचालिक ज्योत्सना श्रेष्ठले कम्पनीले उच्च गुणस्तरका गहनाहरु बिक्री गरिरहेको र आगामी दिनमा नेपाली परम्परागत गहनाहरुलाई विश्व बजारमा लैजाने योजनामा रहेको बताउनुभयो । ‘बलिउड कलाकारहरुको आगमनले नेपाली परम्परागत गहनाहरुको भारतीय बजारमा पनि प्रबद्र्धन र माग बढ्ने अपेक्षा छ,’ उहाँले भन्नुभयो । मेरिगोल्ड ज्वेलर्सकी संचालिक श्रेष्ठले बलिउड कलाकार आउँदा नेपालको पर्यटन तथा संस्कृतीको प्रचार प्रसार हुने र नेपाली गहनाहरुको भारतीय बजारमा माग बढ्ने अपेक्षा गरेको बताउनुभयो । 2018-05-07 namastefilmy Share ! tweet