Monday , 24 September 2018
News update
Home >> Features >> चलचित्र ‘चङ्गा’ को ट्रेलर सार्वजनिक(भिडियो)

चलचित्र ‘चङ्गा’ को ट्रेलर सार्वजनिक(भिडियो)

राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘चङ्गा’ को ट्रेलर सार्वजनिक गरिएको छ । हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब)को लेखन तथा निर्देशन रहेको ‘चंगा’जेठको २५ गतेबाट रिलिज हुदैछ ।

कमेडी संवादले भरिएको चलचित्रको ट्रेलर सार्वजनिक निर्देशक भण्डारीले ट्रेलर हेर्दा बच्चा अपरहणको कथा जस्तो लागेपनि सो कथामा चलचित्र नबनेको बताए । रेश्मा तिमिल्सिनाको लगानी रहेको यस चलचित्रका कार्यकारी निर्माता प्रखु पाण्डे हुन् ।

चलचित्रमा वुद्दि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेम बर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लाकी भण्डारी लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र ‘चङ्गा’ को यस अघि लोक फ्लेभरमा आधारित ‘कम्पनी माला’बोलको सार्वजनिक गीतलाई दर्शक तथा स्रोताले मन पराएका छन् । चलचित्रमा नवराज उप्रेतीको छायांकन, कविराज गहत्तराजको नृत्य निर्देशन, रविन आचार्यको डीओपी, राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*