Sunday , 23 September 2018
News update
Home >> Features >> ‘एउटा यस्तो प्रेम कहानी’ को टीजर सार्वजनिक ,करिश्माको छोरीले डेब्यु गर्दै

‘एउटा यस्तो प्रेम कहानी’ को टीजर सार्वजनिक ,करिश्माको छोरीले डेब्यु गर्दै

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को अफिसियल टीजर सार्वजनिक भएको छ ।अभिनेता शिव श्रेष्ठको प्रस्तुति रहेको यस चलचित्रको बारेमा राजधानीमा मंगलवार एक कार्यक्रम बिच चलचित्रमा अभिनय गर्ने कलाकार सहित टीजर सार्वजनिक भएको छ ।

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बाट शिव श्रेष्ठक छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले डेब्यु गर्दैछन् ।कार्यक्रममा टीजर सार्वजनिक सगै निर्माण टिमले दुई नयाँ कलाकारलाई मिडियासँग भेट गराएको थियो ।

चलचित्रमा शिव श्रेष्ठ , प्रियंका कार्की , वर्षा राउत,आयुष्मान देशराज जोशी, संजोग राणा , नरेन खड्का, बिष्णु चेम्जोंग, रेखा फागो, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहने छ ।

दिपेश सापकोटा निर्देशक रहेने यस चलचित्रमा शिव श्रेष्ठ सगै यस अघि ‘बागमती’ चलचित्र निर्माण गरेका दिनेश दर्शनधारी र यशोदा राईको लगानी रहने छ ।चलचित्रको कथा शिव श्रेष्ठले लेखेका हुन् भने सुशन प्रजापतिले चलचित्रलाई छायांकन गर्दैछन् ।चलचित्रमा बसन्त सापकोटा , अर्जुन पोखरल र सन्तोष राजुराको संगीत तथा रोशन भट्टराई र अस्ट महर्जनको एक्शन रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*