Monday , 24 September 2018
News update
Home >> Features >> सलिनमान बनियाँ र सलोन बस्नेतको चलचित्र ’यात्रा’को छायांकन सुरु

सलिनमान बनियाँ र सलोन बस्नेतको चलचित्र ’यात्रा’को छायांकन सुरु

मंगलबार राजधानीको कमलादीमा रहेको गणेस्थानमा पुजा गर्दै चलचित्र ’यात्रा अ म्युजिकल भ्लग’ को छायांकन सुरु भएको छ ।चलचित्रका निर्देशक सम्राट शाक्य,निर्माता केशव भट्टराई र सुशील पोखरेल कलाकारहरु सलिनमान बनियाँ र सलोन बस्नेतले पुजा गर्दै फिल्मको एक दृश्यको छायांकन भएको थियो ।

सलिनमान बनियाँमा सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यस चलचित्र बाट मल्लिका महतले डेब्यु गर्दैछिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

’यात्रा अ म्युजिकल भ्लग’ लाई केशव भट्टराई लगायत टिमले निर्माण गर्न लागे पनि छायांकनको बेला अर्का निर्माता सुशील पोखरेलको पनि लगानी रहने जानकारी दिएको छ ।कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् ।

शम्भुजित बाँस्कोटा, प्रतीक पौडेल, कोबिद बज्रको संगीत रहने ‘यात्रा’ लाई बनिश शाहले सम्पादन गर्नेछन् । चलचित्रमा निर्देशक शाक्यसँगै आशिष रेग्मी, सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खतिको लेखन रहेको छ ।यसै फिल्ममार्फत सम्राट शाक्यनिर्देशनमा डेब्यु गर्दैछन् ।संजय लामाले चलचित्रलाई खिच्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*