Sunday , 16 December 2018
News update
Home >> Features >> चलचित्र ‘बोबी’को रोमान्टिक गीत रिलिज (भिडियो)

चलचित्र ‘बोबी’को रोमान्टिक गीत रिलिज (भिडियो)

चलचित्र ‘बोबी’को रोमान्टिक गीत रिलिज भएको छ । रियल कथासँगै रियल जोडीको प्रस्तुति रहेको ‘बोबी’को ‘आँखाको नानी’ बोलको गीतमा राजेशपायल राई र दीपा लामाको स्वर छ ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको यस गीतमा नर्वेका रमणीय दृश्यमा खिचिएको छ ।गीतमा उमेश थापा र कविता गुरुङको प्रेमलाई प्रस्तुत गरिएको छ ।गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको ‘बोबी’लाई नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । पर्दामा देखिने लभस्टोरी झैँ उमेश र कविताको आफ्नै कथा’ रहेको निर्देशक चाम्सले बताए ।। विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन्

सम्पूर्ण छायाँकन नर्वेमै गरिएको सिनेमामा दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा छ । चलचित्रमा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । चलचित्र असार २९ मा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*