Sunday , 16 December 2018
News update
Home >> Features >> चितवनमा ‘अमेरिका बोइज’ युनिट,नारायणी नदि किनारमा भब्य कन्सर्ट (भिडियो)

चितवनमा ‘अमेरिका बोइज’ युनिट,नारायणी नदि किनारमा भब्य कन्सर्ट (भिडियो)

यहि शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अमेरिका बोइज’ युनिट येति बेला देश दौडाहामा रहेको छ ।मंगलबार चितवनमा चलचित्र युनिटले पत्रकार भेटघाट कार्यक्रम गरेको छ।जम्बो टोलि सहित बुटवल बाट मोफसल यात्रामा रहेको ‘अमेरिका बोइज’ युनिट ठाउँ ठाउमा कन्सर्ट समेत गरिरहेको छ ।

चितवनमा सम्पन्न पत्रकार भेटघाटमा चलचित्रका कलाकारहरु सन्दिप क्षेत्री र आशिष प्रसाईले चलचित्र एकदमै राम्रो बनेको भन्दै चलचित्र हेर्दिन सबैलाई अनुरोध गरेका थिए।चलचित्रका अन्य कलाकार बुटवल बाट आउन ढिलो हुदा प्रेस मिटमा भने सन्दिप क्षेत्री र आशिष प्रसाईको मात्रै सहभागिता रहेको थियो ।

सन्दीप क्षेत्रीले आफुले निकै कम चलचित्रमा अभिनय गर्ने र राम्रा चलचित्रमा अभिनय गर्ने भन्दै निकै मेहेनेत गरेर चलचित्र बनाएको बताउनु भयो ।प्रांगस्टार आशिष प्रसाईले आफुहरुले धेरै मेहेनेत गरेर ‘अमेरिका बोइज’चलचित्र बनाएको हुदा सबैले एक पकट हेर्न अनुरोध गरेका छन् ।

चलचित्र युनिटले बेलुका नारायणी नदि किनारमा भब्य कन्सर्ट समेत आयोजना गरेको थियो ।कन्सर्टमा चलचित्रका कलाकारहरुले चलचित्रको सम्बद बोलेर उपस्थित हजारौ दर्शकलाई मनोरञ्जन दिएका थिए ।सन्दीप क्षेत्रीले कार्यक्रममा आफ्नो कमेडीले दर्शकलाई खुबै हसाएका थिए।कार्यक्रममा दीपक आरजे र जयन जे वाइबाले चलचित्रको गीत गएका थिए ।चलचित्रका कलाकारहरु सन्दीप क्षेत्री , अभय बराल ,आशिष प्रसाई, श्रृष्टी कार्कीले चलचित्रको गीतमा नाचेका थिए ।

प्रवेश पौडेलको निर्देशन रहेको ‘अमेरिका बोइज’ काठमाडौंमा मस्ती गर्न घरमा अमेरिका जानका लागि ३ लाख रुपैयाँ मगाएर खाडी मुलुक गएका तीन युवाको कथा आधारित रहेको छ ।

चलचित्रमा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रकाश भुजेल , इन्द्र प्रसाद खरेल निर्माता रहेको यस चलचित्रमा समिर खरेल तथा अनुप थापा, यमुना खरेल र राज केसी सह-निर्मातामा रहेका छन् ।चलचित्र दुई करोड लगानीमा निर्माण भएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*