Saturday , 22 September 2018
News update
Home >> Features >> मिलन अमात्य र बाबुल गिरिको स्वरमा कस्मिक लब’ को गीत रेकर्डिंग

मिलन अमात्य र बाबुल गिरिको स्वरमा कस्मिक लब’ को गीत रेकर्डिंग

यहि असारको ११ गते बाट छायांकनमा जना लागेको चलचित्र ‘कस्मिक लब’ गीत रेकर्डिंग भइरहेको छ।’ माया तिमीलाई’ बोलको रेकर्डिंगमा मिलन अमात्य र बाबुल गिरिको स्वर रहेको छ।बाबुल गिरिको संगीत रहेको यस गीतमा शब्द दिनेश सुबेदीको रहेको छ।

चलचित्रमा अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकसाथ देखिने भएका छन् । जय गौतमले निर्माण गर्ने उक्त चलचित्र ‘कस्मिक लभ’मा यी तिन कलाकारहरु फाईनल भएका छन् ।

मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने चलचित्रका अन्य कलाकारहरु भने फाईनल हुन बाँकी रहेको जानकारी बाहिरीएको छ। शंखर अधिकारीले निर्देशन गर्ने चलचित्रमा डी . एन. दाहाल कार्यकारी निर्माताको रुपमा रहनेछन ।चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गर्दैछन् भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन। शेखर ज्ञावालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्वन्द्व रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*