Saturday , 22 September 2018
News update
Home >> Features >> ‘तिमी हुन्छौ जहाँ जहाँ’ युनिट चितवनमा ,मनिषसगको अफेयरको बारेमा मलिना जोशी यसो भन्छिन (भिडियो)

‘तिमी हुन्छौ जहाँ जहाँ’ युनिट चितवनमा ,मनिषसगको अफेयरको बारेमा मलिना जोशी यसो भन्छिन (भिडियो)

यहि असार ८ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ युनिट यति बेला प्रचार प्रसारको लागि देश दौडाहामा रहेको छ । चलचित्र युनिटले पोखरा बाट सुरु गरेको मोफसल यात्रा बुटवल हुदै चितवन आईपुगेको छ ।

चलचित्रका मुख्य कलाकार मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी ,तमन्ना केसी लगायत चलचित्रका निर्माताहरु डालचन्द्र दवाडी र प्रकास बास्कोटा सहितको युनिटले चितवनमा एक पत्रकार भेटघाट आयोजना गरेर चलचित्रको बारेमा जानकारी दिएको छ ।

पूर्व मिस नेपाल समेत रहेकी मलिना जोशीले यस चलचित्रमा आफुले धेरै राम्रो काम गरेको बताउदै यस चलचित्र बाट ठुलो आशा समेत लिएको बताएकी छिन् ।यस्तै नायक मनिष सुन्दर श्रेष्ठले आफुले पहिलो चलचित्र रानीमा भन्दा यसमा अझै बढी मेहेनत गरेको र दर्शकलाई चलचित्र मन पर्ने बताउनु भयो।

चलचित्रका निर्माताहरु डालचन्द्र दवाडी र प्रकास बास्कोटाले आफुहरुले पहिलो पटक चलचित्र निर्माण गरेको र एउटा राम्रो चलचित्र बनाउने कोशिस गरेको बताउदै ,यस चलचित्र दर्शकलाई मन पर्ने विश्वास गर्नु भयो ।चलचित्र युनिट हेटौडा हुदै पूर्वको विभिन्न सहरमा पुगेर चलचित्रको बारेमा जानकारी दिने छ ।

यो चलचित्रलाई विवेक बस्यालले निर्देशन गरेका हुन् ।मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय छ । वर्षा शिबाकोटी यो चलचित्रमा अतिथि भूमिकामा छिन् ।

प्रेमकथामा आधारित तिमी हुन्छौ जहाँ जहाँलाई पर्यटन मदन दवाडी सहित प्रकास बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीले निर्माण गरेका हुन् । यो चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*