Monday , 24 September 2018
News update
Home >> Features >> पाँचतारे होटल अन्नपूर्णमा चलचित्र ‘कस्मिक लभ’को मुर्हूत

पाँचतारे होटल अन्नपूर्णमा चलचित्र ‘कस्मिक लभ’को मुर्हूत

शुक्रबार काठमाण्डौको अन्नपूर्ण होटलमा एक कार्यक्रमको बिच चलचित्र ‘कस्मिक लभ’को घोषणा गरिएको छ । मुभी मेकर्स प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई वी.एस बलामी र एस अधिकारीले निर्देशन गर्न लागेका हुन् । अर्पण थापा, प्रशान्त ताम्राकार र अभिनेत्री दीया मास्केको लिड रोल रहने यो फिल्मको पाँचतारे होटल अन्नपूर्णमा एक कार्यक्रमका बीच मुर्हूत गरिएको छ ।

चलचित्रमा अर्पण थापा, प्रशान्त ताम्राकार, दिया मास्के, रविन तामाङ, राजाराम पौडेल, पुरन थापा, देव महर्जन र सागर खनाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।चलचित्रबाट रिजेन थापाले डेब्यू गर्दैछन् ।

रोमान्टिक, कमेडी र सस्पेन्स जनरामा निर्माण हुने ‘कस्मिक लभ’मा सुरज प्रधानको प्रस्तुतीमा चलचित्रका कार्यकारी निर्माता डीएन दाहाल हुन् भने जे गौतम यसका निर्माता हुन् ।

चलचित्रमा बाबु साहेवको एक्सन, विपिन मल्लको सम्पादन ,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा बवुल गिरीले संगीत रहने छ । सुरेश बज्रचार्यले खिच्ने फिल्मको कथा शेखर ज्ञवालीले लेखेका छन् ।चलचित्रका निर्माता जे गौतमले १० वटा चलचित्र निर्माण गर्ने घोषणा समेत गरेका छन् । सबै चलचित्रमा कलाकार प्रशान्त ताम्राकार हुने अनौपचारिक जानकारी समेत उनले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*