Monday , 24 September 2018
News update
Home >> Features >> यस्तो छ ‘पण्डित बाजेको लौरी’ को ट्रेलर (भिडियो )

यस्तो छ ‘पण्डित बाजेको लौरी’ को ट्रेलर (भिडियो )

चलचित्र ‘पण्डित बाजेको लौरी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कमेडी, प्रेम, बदला, द्वन्द्वसँगै ट्रेलरमा ‘बादी-बदिनी’ को कथा पनि देखाइएको छ ।

साउन ४ गते बाट प्रदर्शनमा आउन लागेको ‘पण्डित बाजेको लौरी’लाई दीपक ओलीले निर्देशन गरेको हुन् ।चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।यसमा कलाकार बिजय बराल ‘बादी’ र अभिनेत्री सन्ध्या केसी ‘बदिनी’ को भूमिकामा देखिएका छन् ।

एउटा सानो गाउँमा पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथामा बनेको फिल्मले समाजका गहकिला समस्या र घटनालाई उठाएको छ । ‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर/दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*