Sunday , 16 December 2018
News update
Home >> Features >> चलचित्र ‘नाईं नभन्नू ल ५’को यस्तो छ दुई फष्टलुक पोस्टर…

चलचित्र ‘नाईं नभन्नू ल ५’को यस्तो छ दुई फष्टलुक पोस्टर…

 

प्रतीक्षित फिल्म ‘नाईं नभन्नू ल ५’को फष्टलुक पोस्टर रिलिज गरिएको छ । निर्माण टिमले दुई जोडीलाई पोस्टरमा स्थान दिँदै फिल्मको फष्टलुक सार्वजनिक गरेको हो । पोस्टरमा स्वस्तिमा खड्कालाई डेब्यु अभिनेता अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मीले अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग जोडी बाँधेका छन् ।

फिल्ममा थुप्रै सिनियर कलाकार भए पनि निर्माण टिमले पछिल्लो पुस्ताका चल्तिका कलाकारलाई सार्वजनिक गर्दै प्रचार प्रसार थालेको छ । निर्देशक विकास आचार्यले फिल्मको कथा अनुसार फिल्मको फष्टलुक सार्वजनिक गरेको बताए ।

‘नाईं नभन्नू ल ५ सदा झैं कथामा आधारित चलचित्र हो । तर यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं, पोस्टर यस्तै कथाको झझल्को हो’ आचार्यले भने । भदौ ८ गते रिलिज हुने फिल्ममा कलाकारको जम्बो टोली छ ।


फिल्ममा दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारको अभिनय छ । हरेक सिरिजबाट कसै न कसैलाई डेब्यु गराउँदै आएका आचार्यले यो फिल्मबाट अभिषेक नेपाल र सेड्रिना शर्मालाई डेब्यु गराएका छन् । अभिषेकले स्वस्तिमाको जोडी भएर अभिनय गरेका छन् भने सेड्रिना अनुभवको जोडीको रुपमा देखिनेछन् ।

फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*