Saturday , 20 October 2018
News update
Home >> Features >> चलचित्र ‘चि मुसी चि’ को ट्रेलर सार्वजनिक(भिडियो)

चलचित्र ‘चि मुसी चि’ को ट्रेलर सार्वजनिक(भिडियो)

चलचित्र ‘चि मुसी चि’ को ट्रेलर सार्वजनिक गरिएको छ ।चलचित्रको सार्वजनिक ट्रेलरमा सुनिल क्षेत्री र अलिशा शर्मा बीचको प्रेम, रोमान्स र द्वन्द्व प्रस्तुत गरिएको छ । अर्का नायक सुशान्त कार्की सिआइबी अफिसर्सको भूमिका देखिएका छन् ।

साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको ‘चि मुसी चि’लाई दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् ।चलचित्रलाई अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङले निर्माण गरेका हुन् ।कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

‘चि मुसी चि’मा ‘डिआईडी सिजन ४’ को टप १० मा समेत पर्न सफल सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ । चलचित्रमा सुरज अधिकारीको संगीत ,बासु न्यौपानेको छायांकन, सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी तथा भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*