Saturday , 20 October 2018
News update
Home >> bollywood >> रणबीर कपूरको ‘सञ्जू’ले बक्सअफिसमा ‘बाहुबली २’ को रेकड तोड्यो

रणबीर कपूरको ‘सञ्जू’ले बक्सअफिसमा ‘बाहुबली २’ को रेकड तोड्यो

शुक्रबार बाट प्रदर्शनमा आएको संजय दत्त को बायोपिक चलचित्र ‘सञ्जू’ ले बक्सअफिसमा हंगामा मच्चाइरहेको छ । चलचित्र पहिलो तिन दिनमा १२० करोड कमाएर धेरै रेकड राखन सफल भएको छ ।

चलचित्रले पहिलो दिन ३४.७५ र दोस्रो दिन ३८.६० करोड कमाएको थियो ।चलचित्रले तेस्रो दिनमा ४६.७१ करोडको कलेक्सन बाहुबली को रेकडलाई समेत पछाडी परेको छ । यस अघि शाहरुख खानको फिल्म ‘हैप्पी न्यू ईयर’ ले एक दिनमा दिन ४४.९७करोड को व्यापार गरेको थियो भने ‘बाहुबली 2’ को हिंदी वर्जनले एक दिनमा ४६.५० करोड़को कलेक्सन गरेको थियो ।

यता रणबीर कपूर चलचित्र ‘सञ्जू’ सबै रेकड तोड्दै आईतबार ४६.७१ करोड कमाउदै तीन दिनमा कूल १ सय २० करोड ६ लाखको कमाई गरेको छ । ‘सञ्जू’ को तेस्रो दिनको कमाईले सबै फिल्मलाई पछाडि छाड्दै ‘टप वान’ मा आफ्नो स्थान बनाएको छ ।

राजकुमार हिरानीको निर्देशन रहेको ‘सञ्जू’मा सञ्जय दत्तको भूमिकामा रणबीर कपूरले अभिनय गरेर चौतर्फी प्रशंसा बटुलेका छन् । चलचित्र ‘सञ्जू’ मा सुनील दत्तको भूमिकामा परेश रावल, नरगिसको भूमिकामा मनीषा कोइराला र मान्यता दत्तको भूमिकामा दिया मिर्जा छन् । चलचित्रमा सोनम कपूर र अनुष्का शर्माको पनि बिशेष भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*