Monday , 24 September 2018
News update
Home >> Features >> यस्तो छ ‘नाई नभन्नु ल ५’को ट्रेलर (भिडियो)

यस्तो छ ‘नाई नभन्नु ल ५’को ट्रेलर (भिडियो)

नेपाली सिने क्षेत्रमा बढी बनेको र सफल सिक्वेल चलचित्र हो ‘नाई नभन्नु ल’ । यसै चलचित्रको पाँचौ सिक्वेल चलचित्र ‘नाई नभन्नु ल ५’को ट्रेलर सार्वजनिक गरिएको छ ।

राजधानीमा मंगलबार एक कार्यक्रमको बिच चलचित्र ‘नाई नभन्नु ल ५’को ट्रेलर सार्वजनिक गरिएको हो ।सार्वजनिक ट्रेलरमा पारिवारिक कथा, प्रेम प्रसंग, पीडा, व्यथालाई उठान गरिएको छ ।

भदौ ८ गते प्रदर्शन हुने ‘नाई नभन्नु ल ५’लाई विकास आचार्यले निर्देशन गरेका हुन् । यसअघि ४ वटै श्रृङ्खला हिट भैसकेका छन् ।निर्देशक विकास आचार्यले यो चलचित्रले ‘नाई नभन्नु ल २’को भन्दा बढी व्यापार गर्ने दाबी गरे । चलचित्रमा अनुभव र स्याड्रिनाको प्रेमलाई बढी महत्व दिइएको छ । नायिका प्रियंका कार्कीले विकासराज आचार्य आफ्नो परिवारकै मान्छे भएकाले पनि आफूले उहाँको चलचित्रमा काम गरेको बताइन् ।

बाल-कलाकार अनुभव रेग्मीले दर्शकले आफूलाई ‘नाई नभन्नु ल’को हरेक श्रृङ्खलामा झनै बढी माया गरेको बताए । लेखक सामिप्याराज तिमिल्सिनाले दर्शकले हरेक श्रृङ्खलालाई माया गरेको भन्दै ‘नाई नभन्नु ल ११’सम्म बनाउने आफूहरुको योजना रहेको सुनाए ।चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी र स्याड्रिना शर्माको मुख्य भूमिका छ ।

वन टाइम सिनेमाको ब्यानरमा तयार भएको योचलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको चलचित्रले यसपटक नायिका स्वस्तिमा खड्काको प्रेमकथा बोलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*