Monday , 24 September 2018
News update
Home >> Features >> नायिका करिश्मा श्रेष्ठको नायक सलोन बस्नेतको पहिलो प्रेम (भिडियो)

नायिका करिश्मा श्रेष्ठको नायक सलोन बस्नेतको पहिलो प्रेम (भिडियो)

यहि शुक्रबार अर्थात् असार २९ गते प्रदर्शनमा आउने लागेको चलचित्र ‘बाबु कान्छा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा रियल जोडी सलोन बस्नेत र करिश्मा श्रेष्ठलाई फ़िचरिङ्ग गरिएको छ ।

प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘बाबु कान्छा’ ‘मेरो पहिलो प्रेम’ बोलको रोमान्टिक गीतमा शुशील पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको स्वर रहेको छ। टंक बुढाथोकीको संगीत रहेको यस गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् । लमजुङको घले गाउमा छायांकन गरिएको गीतमा हिमाल को रमरीय दृश्यहरु समाबेश गरिएको छ ।

चलचित्र ‘ए मेरो हजुर २’बाट निकै तारिफ पाएका सलोन बस्नेत सगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यस चलचित्रमा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् ।
‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*