Wednesday , 17 October 2018
News update
Home >> Features >> निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी पहिलो पटक म्युजिक भिडियोमा

निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी पहिलो पटक म्युजिक भिडियोमा

रियल जोडी निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । “नाच फिरिरि” बोलको गीतको भिडियो यो जोडिले पहिलो पटक म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् ।

जि २१ डिजिटलको प्रस्तुती रहेको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द संगित रहेको गीतलाई रिकेश गुरुङ किजले म्युजिक एरेन्ज गरेका हुन् ।

पोखरा आसपासका बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई निश्चल बस्नेत आफैले निर्देशन गरेका छन् । भिडियोमा निश्चल र स्वस्तिमाको साथमा क्रिस्टल क्लज डान्स क्रिउ फिचर भएका छन् । जिटुवान डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत गित सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*