Wednesday , 17 October 2018
News update
Home >> Features >> एञ्जिलाको तीज गीतमा सारिका घिमिरेले कम्मर मर्काए पछि (भिडियो )

एञ्जिलाको तीज गीतमा सारिका घिमिरेले कम्मर मर्काए पछि (भिडियो )

नेपाली महिलाहरुको महान पर्व तीज नजिकै गर्दा बजारमा तीज सम्बन्धि धेरै गीतहरु आइरहेका छन् । यसै मेसोमा हरि सुवेदीको तीज गीत ‘मैले त मन्त्र पढे तिम्रै नामको….’ सार्वजनिक भएको छ ।

एञ्जिला रेग्मीको स्वर, पारु सुवेदीको शब्द, भीम विसीको सङ्गीत रहेको ‘मैले त मन्त्र पढे तिम्रै नामको….’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोलाई हरि सुवेदीले निर्माण गरेका हुन् ।

घनश्याम खतिवाडाको निर्देशनमा तयार भएको गीतको भिडियोमा नायिका सारिका घिमिरे कम्मर मर्काएकी छन् भने उनलाई निक्लोस अर्यालले साथ दिएका छन् ।

पछिल्लो समयमा अभिनय सँग सँगै आफूलाई गायन क्षेत्रमा होमेकी सारिका घिमिरे अभिनित भिडियो उत्कृष्ट बनेको छ । ‘मैले निर्माण गरेको तीज गीतको यो पहिलो भिडियो हो, यस तीज गीतले तीजको मौलिकतालाई आत्मसाथ गरेको छ, हाम्रो प्रयासले पक्कै पनि स्रोता÷दर्शकको साथ पाउँने छ’, हरिले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*