Wednesday , 17 October 2018
News update
Home >> Features >> आर्यन र साम्राज्ञी चलचित्र ‘कायरा’ प्रचार प्रसारको लागि पोखरामा

आर्यन र साम्राज्ञी चलचित्र ‘कायरा’ प्रचार प्रसारको लागि पोखरामा

यहि साउन १८ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कायरा’ युनिट यति बेला प्रचार प्रसारको लागि मोफसल यात्रामा निस्किएको छ। शनिबार पोखरामा चलचित्रका निर्माता तथा अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह पोखरा पुगेका छन् ।

पोखरामा फिल्म युनिटले प्रचार प्रसार गर्दै आर्यन सिग्देल र साम्राज्ञीराज्य लक्ष्मी शाहको उपस्थितीमा चलचित्र टिमले बाईक र्याली आयोजना गरेको थियो ।

शनिबार गरिएको बाईक र्याली पश्चात चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नायक आर्यनले कायरा प्रेम कथामा आधारित चलचित्र भएको बताए । यो एक विशुद्ध प्रेम कथामा बनेको चलचित्र हो , यसमा अन्य सामाजिक सन्देश पाउनु भन्दा पनि चलचित्रले मनोरञ्जन प्रदान गर्नेमा आफु ढुक्क रहेको उनले भने । यदि तपाईलाई प्रेम कथा मन पर्छ भने कायराले पनि तपाईको मन छुने अर्यानको भनाई छ ।

चलचित्रकी नायिका साम्राज्ञीले आर्यन दाई संग काम गर्न रमाईलो महशुष भएको बताउदैं कायरा माया सहित सबै राम्रो पक्षको कथा समेटिएको चलचित्र भएको बताईन ।

चलचित्रका निर्देशक लक्ष्मण रिजालले एक पटक हलसम्म पुगेर कायरालाई माया गरिदिन दर्शकलाई आग्रह गरे । आर्यन होम्स प्रोडक्सनमा निर्माण भएको चलचित्रमा लेखन पनि आर्यनकै छ । रिजालकै लगानी रहेको चलचित्रमा आर्यन र साम्राज्ञी अलावा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न पाईनेछ । फिलिपिन्स र नेपालको रमणीय ठाँउमा छांयाकन गरिएको कायराको टे«लर सहित दुई गीत सुखमा र यो त माया हो सार्वजनिक गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*